News
हेटौडामा अनुपम घलान स्मृति यु–१६ नगरस्तरीय फुटबल प्रतियोगिता हुने

हेटौँडा । नगर खेलकुद विकास समितिको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा आगामी फागुन ७ गतेदेखि अनुपम घलान स्मृति यु–१६ नगरस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ निवासी अनुपम घलानको गत असोजमा पहिरोमा परेर निधन भएको थियो । एन्फा एकेडेमीका किशोर खेलाडी घलानको निधनपछि उनको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको नगर खेलकुद विकास समिति हेटौँडाका अध्यक्ष रविन्द्र प्रसाद घिमिरेले जानकारी दिए ।
प्रतियोगिता हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुनेछ । प्रतियोगिताका लागि हेटौँडा उपमहानगरपालिकाले ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष घिमिरेले बताए ।
प्रतियोगितालाई आगामी वर्षमा पनि निरन्तरता दिने उहाँले बताए । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ७० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफी प्राप्त गर्नेछन ।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा