News
लेबनान र किर्गिस्तानको टिम नेपाल आइपुग्यो
काठमाडौं । यही फागुन ५ गतेदेखि शुरु हुन गईरहेको चारदेशीय महिला च्याम्पियनसिप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिताका लागि लेबनान र किर्गिस्तानको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ ।
नेपाल आइपुगेका लेबनान र किर्गिस्तान महिला फुटबल टोलीका सदस्यहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश साह लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।
स्मरण रहोस, लेबनानले फागुन ५ गते हुने उद्घाटन खेलमै म्यानमारको सामना गर्दैछ । त्यस्तै सोही दिन हुने दोस्रो खेलमा किर्गिस्तानले आयोजक नेपालको सामना गर्नेछ ।
प्रतियोगिता अवधिभर दर्शकहरुका लागि टिकटदर सामान्यतर्फ ५०० र विशिष्टतर्फ १००० तोकिएको छ । दर्शकहरुले खल्ती डिजिटल वालेटमार्फत टिकट खरिद गर्दा सामान्य टिकट खरिदमा १५० रुपैयाँ क्यास ब्याक अफर समेत रहेको छ ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”