News
म्यानमारको उत्कृष्ट शुरूवात
काठमाडौ । सोमबारदेखि शुरु चारदेशीय महिला च्याम्पियनसिपमा दावेदार मध्ये एकका रुपमा देखिएको म्यानमारले प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ ।
दशरथ रंगशालामा भएको उद्घाटन खेलमा म्यानमारले लेबनानमाथी ३-१ को जित निकाल्दै उत्कृष्ट शुरुवात गरेको हो । खेलमा चारै गोल दोस्रो हाफमा सम्पन्न भए ।
खेलको ५७औं मिनेटमा विन थेङिको गोलबाट म्यानमारले खेलमा अग्रता बनाएको थियो । तर, लगत्तै ६०औं मिनेटमा लैला इस्कन्दरले लेबनानका लागि बराबरी गोल फर्काईन ।
बराबरी गोलपछी थप आक्रमक बनेको म्यानमारका लागि ७२औं मिनेटमा श्वे यीले दोस्रो गोल गरीन भने ७५औं मिनेटमा सन थावले तेस्रो गोल गर्दै टोलीको जित पक्का गरिन ।
म्यानमारले आफ्नो आगामी खेल बिहीबार किर्गिस्तानसँग खेल्नेछ भने सोही दिन दोस्रो खेलमा लेबनानले नेपालको सामना गर्नेछ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै