News आर्मीलाई हराउँदै चर्च ब्वाईज सेमिफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

झुरझुरे । संघर्षपुर्ण जित निकाल्दै चर्च ब्वाईज युनाइटेड क्लब, काठमाडौं जारी सातौं बागमती गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार शहिद रंगशालामा भएको खेलमा चर्च ब्वाईजले त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौंलाई टाईब्रेकरमा ५–४ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका चर्च ब्वाईजका गोलरक्षक टिकेन्द्र सिंह थापा म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन ६ गते मंगलबारको क्वाटरफाइनल खेल थ्रीस्टार क्लब, ललितपुर र हिमालयन शेर्पा क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।

बागमती गाउँपालिका खेलकुद विकास समिति, झुरझुरे, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन १२ गतेका दिन हुनेछ ।

Post Comments