News दोस्रो अल्टिट्युड रनिङ कपको खेलतालिका सार्वजनिक
गोलनेपाल

इटहरी । दोस्रो अल्टिट्युड रनिङ कप खुल्ला फुटबल प्रतियोगीता फागुन ९ गते देखी १७ गते सम्म रामधुनी नगरपालीका पंचायन खेलमैदानमा संचालन हुने भएको छ ।

इटहरी २ मा रहेको अल्टिट्युड क्लबको आयोजनामा हुन लागेको फुटबल प्रतियोगीताको उद्धघाटन कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कुमार कार्की द्धारा गरीने इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

प्रतियोगीतामा एपीएफ पकली फुटबल टिम,कोशी प्रदेश प्रहरी टिम विराटनगर,लेटाङ फुटबल क्लब मोरङ,बेतना युनाइटेड क्लब मोरङ,पानवारी फुटबल क्लब सुनसरी,चित्लाङ फुटबल क्लव काठमाण्डौ,आर आइ एफ सी काठमाण्डौ,तालतलैया फुटबल क्लव सुनसरी ब्रदर कलेक्सन केरावारी मोरङ,अल्टिट्युड क्लब आयोजकको सहभागीता रहनेछ ।

प्रतियोगीतामा प्रथम हुने टिमलाई दुइ लाख वाइस हजार दुइ सय बाइस नगद साथै पन्ध्र तोला चादीको सिल्ड मेडल प्रमाणपत्र प्रदान गरीने छ भने दोस्रो हुने टिमलाई एक लाख एघार हजार एक सय एघार नगद मेडल प्रमाणपत्र तथा ट्रफि प्रत्येक खेलमा उत्कृष्ट खेलाडी छनौट गरी पुरस्कार मायाको चिनो प्रदान गरीने छ ।

Post Comments