News समिर पोखरा थन्डर्सको मार्की खेलाडी
गोलनेपाल

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि पोखरा थन्डर्सले समिर तामाङलाई मार्की खेलाडी बनाएको छ।

पोखराले मंगलबार समिरलाई मार्की खेलाडीको जिम्मेवारी दिएको हो । समिरलाई पोखराका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले मार्कीको जिम्मेवारी सुम्पेका हुन् ।

समिर एनएसएलमा पहिलो पटक मार्की खेलाडी बनेका हुन् । समिरले पहिलो पटक मार्की खेलाडी बन्न पाउँदा खुसि भएको बताए ।

‘पोखराले मलाई मार्की खेलाडीको जिम्मेवारी दिएको छ । यसमा धेरै खुसि छु,’ आयूसले भने ।

पोखराले यसअघि आफ्नो प्रशिक्षकमा सुमन श्रेष्ठलाई नियुत्त गरेको थियो । पोखराको कप्तानी भने आयुस घलानले गर्नेछन् ।

Post Comments