News इटहरी गोल्डकपः मच्छिन्द्र फाइनलमा प्रवेश
गोलनेपाल

इटहरी । मच्छिन्द्र फुटबल क्लब, काठमाडौं जारी कन्ट्रोल १५औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा मच्छिन्द्रले युनाइटेड खर्साङ फुटबल क्लब, भारतलाई ३–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । इटहरी रंगशालामा भएको खेलमा मच्छिन्द्रका लागि युसुफ मलिकले दुई गोल गरे भने ओमोलजा हरिमले थप एक गोल गरे । उता पराजित युनाइटेड खर्साङका लागि भने हेमराज भुजेलले एक मात्र गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत फागुन ८ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल सगरमाथा फुटबल क्लब, मोरङ र धरान फुटबल क्लब, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।

राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १० गतेका दिन हुनेछ ।

Post Comments