News दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकपको खेलतालिका सार्वजनिक
गोलनेपाल

जितपुर । कपिलवस्तु जिल्ला फुटबल संघ, कपिलवस्तुको आयोजनामा यही फागुन १४ गतेदेखि शुरु हुन गईरहेको दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

कपिलवस्तु स्थित बुद्ध रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा फागुन १४ गतेका दिन आयोजक कपिलवस्तु–११ र संकटा फुटबल क्लब, काठमाडौं भिड्ने छन् । नेपाल र भारतका गरी कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल फागुन २१ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भईसकेको र सबैलाई खेल अवलोकन गरी प्रतियोगितालाई सहयोग, समर्थन गरिदिनु आयोजक कपिलवस्तु जिल्ला फुटबल संघका अध्यक्ष तिलक थापाले अनुरोध समेत गरेका छन् ।

त्यस्तै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

Post Comments