
दुहबी । रोमाञ्चक जित हात पार्दै वार्ड नम्बर १० जारी सातौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनलतर्फ वार्ड नम्बर १० ले वार्ड नम्बर ८ लाई ३–२ ले हराउँदै उपाधि नजिक पुगेको हो ।
वार्ड नम्बर १० का लागि नितिश चौधरी, कबिन्द्र कुमार चौधरी र कुन्जन कुमार चौधरीले गोल गरे । पराजित वार्ड नम्बर ८ का लागि भने अनिष बिष्ट र सिषम चौधरीले गोल गरेका थिए । खेलमा वार्ड नम्बर १० का भि. मुरमुर म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत फागुन १३ गते मंगलबारको दोस्रो सेमिफाइनल खेल वार्ड नम्बर ५ र ७ बीच हुने आयोजकले जानकारी दियो ।
दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १५ गतेका दिन हुनेछ ।