News
महिला च्याम्पियनसिपको फाइनल टिकट अहिलेसम्म कै महँगो
काठमाडौं । चारदेशीय महिला च्याम्पियनसिपको फाइनल खेल बुधबार दशरथ रंगशालामा साँझ ६ बजेदेखि नेपाल र म्यानमार बीच हुँदैछ । यद्यपि अहिले प्रतियोगिताको फाइनल खेल भन्दा फाइनल खेलको टिकट मुल्यले बढी चर्चा र आलोचना पाईरहेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र म्यानमार बीच हुने फाइनल खेलको टिकट मुल्य अप्रत्याशित रुपमा बृद्धि गरेको छ । लिग चरणको खेलहरुका लागि टिकट मुल्य सामान्यतर्फ ५०० र विशिष्ठतर्फ १००० तोकिएको थियो । फाइनल खेलका लागि भने सामान्यतर्फ १००० र विशिष्ठतर्फ २००० टिकट मुल्य तोकिएको छ ।
जुन मुल्य नेपाली फुटबल इतिहास कै सबैभन्दा महँगो टिकट मुल्य समेत बनेको छ । एन्फाको यो निर्णयप्रति खेल समर्थकहरले चर्को आलोचना समेत गरिरहेका छन ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)