News सलहेश कटारी मेयर गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

कटारी । संघर्षपुर्ण जित निकाल्दै सलहेश युवा क्लब, सिराहा जारी पाँचौं कटारी मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा सलहेशले बागमती युवा क्लब, सर्लाहीलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा पुग्ने अन्तिम टोली बनेको हो ।

निर्धारित समयको खेल दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछी खेलको निर्णय टाईब्रेकरबाट लिईएको थियो । निर्धारित समयतर्फ सलहेशका लागि कोटिन्होले गोल गरे भने बागमतीका लागि अनिल मगरले गोल गरेका थिए । टाईब्रेकरमा भने सलहेश ५-४ ले विजयी बन्यो

खेलमा सलहेशका सागर मगर म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन १४ गते बुधबारको पहिलो सेमिफाइनल खेल एनएस एफसी, धरान र च्याम्पियन ब्वाईज, काठमाडौ बीच हुने आयोजकले जानकारी दियो ।

नगर युवा तथा खेलकुद विकास समिति, कटारी, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन १७ गतेका दिन हुनेछ ।

Post Comments