News
तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको खेलतालिका सार्वजनिक

कोहलपुर । कोहलपुर रेसिङ सहारा क्लब, कोहलपुर, बाँकेको आयोजनामा वार्षिक रुपमा हुँदै आएको मुख्यमन्त्री कोहलपुर गोल्डकपको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक गरिएको छ ।
यही फागुन १७ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कोहलपुर रेसिङ सहारा फुटबल क्लब, कोहलपुर र लुम्बिनी फुटबल एकेडेमी, घोराही, दाङ भिड्ने छन् । कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल फागुन २४ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाखसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments