News शेर्पालाई निराश बनाउँदै मच्छिन्द्र सेमिफाइनलमा
गोलनेपाल

कपिलवस्तु । संघर्षपुर्ण जित निकाल्दै मच्छिन्द्र फुटबल क्लब, काठमाडौं यहाँ जारी मुख्यमन्त्री दोस्रो कपिलवस्तु तिलौराकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लब, काठमाडौं पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । बुद्ध रंगशालामा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा मच्छिन्द्र ३–० ले विजयी बन्यो ।

खेलमा मच्छिन्द्रका लागि निर्णायक बनेका गोलरक्षक सन्तोष महत खेलको म्यान अफ दि म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत फागुन १६ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल थ्रीस्टार क्लब, ललितपुर र हनामी बिएफसी, चितवनबीच हुने आयोजकले जानकारी दियो ।

कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजक संघका अध्यक्ष तिलक थापाले बताए । फाइनल खेल यही फागुन २१ गतेका दिन हुनेछ ।

Post Comments