News नेपालले सिंगापुरसँग खेल्ने
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बलियो सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएको छ । सिंगापुर एफएले आफ्नो आधिकारिक पेजमार्फत नेपालसँग यही मार्च २१ तारीख (चैत ८ गते) का दिन खेल्ने मिति घोषणा गरेको हो ।

यद्यपि यो मैत्रीपूर्ण खेलबारे अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने अहिलेसम्म जानकारी गराएको छैन । स्मरण रहोस, एएफसी एसियन कपको तेस्रो चरणको छनौट प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपाल समूह एफमा रहेको छ । जहाँ नेपालले बलियो भियतनाम, मलेसिया र लाओससँग खेल्ने कार्यक्रम छ ।

त्यस्तै एसियन कप छनौट खेल्ने तयारी मै रहेको सिंगापुर प्रतियोगिताको समूह सी मा रहेको छ । जहाँ सिंगापुरले हङकङ, भारत र बंगलादेशसँग खेल्नेछ । छनौट प्रतियोगिताका खेलहरु यही माच २५ तारीखदेखि शुरु हुँदैछन् ।

Pic: Tajikistan FA

Post Comments