News
मच्छिन्द्रलाई फाइनल पुर्याउन बिमलको निर्णायक गोल

कपिलवस्तु । मच्छिन्द्र फुटबल क्लब, काठमाडौं यहाँ जारी दोस्रो मुख्यमन्त्री कपिलवस्तु (तिलौराकोट) गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको दोस्रो सेमिफाइनलमा मच्छिन्द्रले जोङग्री फुटबल क्लब, सिक्किमलाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । बुद्ध रंगशालामा भएको खेलमा मच्छिन्द्रका लागि बिमल घर्ती मगरले एक मात्र निर्णायक गोल गरे ।
निर्णायक गोलकर्ता बिमल नै खेलको म्यान अफ दि म्याच समेत चुनिए । मच्छिन्द्रले अब फागुन २१ गते हुने फाइनलमा थ्रीस्टार क्लबसँग उपाधिका लागि भिड्नेछ ।
कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजक संघका अध्यक्ष तिलक थापाले बताए ।
Post Comments