काठमाडौं । सिंगापुर विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनौटतर्फ मलेसिया विरुद्धको खेलका लागि राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणमा ३० खेलाडीहरुलाई बोलाइएको छ ।
भर्खरै नियुक्त भएका मुख्य म्याट रसले केही नयाँ अनुहारहरुलाई समेत सामेल गर्दै टोलीको ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।
स्मरण रहोस, नेपालले यही मार्च २१ तारीखका दिन सिंगापुरसँग उसकै घरेलु मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ । त्यसपछि एएफसी एसियन कप छनौटको तेस्रो चरणतर्फको पहिलो खेलका रुपमा २५ मार्चका दिन मलेसियासँग खेल्ने कार्यक्रम छ ।
प्रारम्भिक टोलीः
गोलकिपर्सः किरन कुमार लिम्बु, दिप कार्की, बिशाल सुनार, अभिषेक बराल, अन्जल श्रेष्ठ
डिफेन्डर्सः अनन्त तामाङ, छिरिङ लामा, रोहित चन्द, बिमल पाण्डे, सनिष श्रेष्ठ, रणदिप पौडेल, सुमित श्रेष्ठ, अन्जन राई, अभिषेक लिम्बु, आशिष गुरुङ, अशोक खवास
मिडफिल्डरः लाकेन लिम्बु, रोहन कार्की, मनि लामा, भरत खवास, एरिक बिष्ट, मनिष डाँगी, आयुष घलान, कृतिष रत्न छुन्जु
फरवार्डसः जिलेस्पी जंग कार्की, अन्जन विष्ट, समिर तामाङ, दिनेश हेन्जन, सुबास बम ठकुरी, निराजन धामी
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि