News पुलिस विराट गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

बिराटनगर । नेपाल पुलिस क्लब, काठमाडौं यहाँ जारी बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार शहिद रंगशालामा भएको क्वाटरफाइनलतर्फ पुलिसले अर्को विभागीय टोली एपिएफ फुटबल क्लबलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । पुलिसको जितमा अरुण गाहा र मनिष सेढाईले गारे ।

प्रतियोगिता अन्तर्गत फागुन २३ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल मच्छिन्द्र फुटबल क्लब, काठमाडौं र थ्रीस्टार फुटबल क्लब, ललितपुरबीच हुने आयोजकले जानकारी दियो ।

बिराट गोल्डकप आयोजक समिति, बिराटनगर, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन २८ गतेका दिन हुनेछ ।

Post Comments