News कपिलवस्तु–११ सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा
सुरज राना मगर

मुर्गिया । प्रभावशाली जितका साथ कपिलवस्तु–११ रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

शनिबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा कपिलवस्तुले फर्साटिकर युवा क्लब, फर्साटिकरलाई ३–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।

सैनामैना रंगशालामा भएको खेलमा कपिलवस्तुका लागि अफ्रिकी खेलाडी मोहमदले दुई गोल गर्दा थप एक गोल विज्ञान गुरुङ्गले गरे । दुई गोल गरेका कपिलवस्तुका मोहमद प्लेयर अफ दि म्याच समेत घोषित भए ।

प्रतियोगिता अन्तर्गत फागुन २५ गते आइतबारको पहिलो सेमिफाइनल खेल आयोजक मुर्गिया फुटबल क्लब, सैनामैना र अभिषेक चर्च फुटबल क्लब, नवलपुरबीच हुने खेल संयोजक अशोक खड्काले जानकारी दिए ।

मुर्गिया फुटबल क्लब, सैनामैना–४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

त्यस्तै सुनगाभा पब्लिक स्कुल, सैनामैना मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि ४०–४० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष प्रबिन भारीले बताए । फाइनल खेल यही फागुन २८ गतेका दिन हुनेछ ।

Post Comments