News २३औं तिलोत्तमा गोल्डकपको मिति तय, विजेताले १२ लाख पाउने
सुरज राना मगर

बुटवल । मोफसल कै प्रतिष्ठित र पुरानो मध्ये एक रुपन्देहीमा आयोजना हुने तिलोत्तमा गोल्डकपको २३औं संस्करण आउँदौ चैत ९ गतेदेखि हुने भएको छ ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगिताबारे आइतबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइयो ।

यशोदा फुड्स प्रा.लि. र त्रिमुर्ति ईण्डष्ट्रिज प्रा.लि. को मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२,१२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६,६६,६६६ रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै विधागततर्फ उत्कृष्ट हुने सबैले जनही ३१–३१ हजार र ट्रफी हात पार्नेछ भने सर्वश्रेष्ठ खेलाडीलाई एक थान मोटरसाइकल र वा स्कुटर प्रदान गरिने रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । साथै पत्येक खेलको म्यान अफ दि म्याचलाई ११,१११ सहित ट्रफी प्रदान गरिने आयोजकले जानकारी दियो ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने प्रतियोगिताको २२औं संस्करण मनाङ मस्र्याङ्दी क्लब, काठमाडौंले जितेको थियो ।

Post Comments