News थ्रीस्टारलाई बिराट गोल्डकपको उपाधि
गोलनेपाल

बिराटनगर । यहाँ सम्पन्न रमपम बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लब, ललितपुरले जितेको छ ।

बुधबार सम्पन्न फाइनलमा थ्रीस्टारले शहरी प्रतिद्वन्द्वी चर्च ब्वाईज युनाइटेड क्लब, ललितपुरलाई २–० ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

शहिद रंगशालामा भएको उपाधि भिडन्ततर्फ खेलको पाँचौं मिनटमा खेमराज श्रेष्ठको गोलबाट थ्रीस्टारले खेलमा अग्रता बनाएको थियो । ६४औं मिनटमा दिपेश घलेले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

बिराट गोल्डकप आयोजक समिति, मोरङको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको विजेता बनेको थ्रीस्टारले उपाधिसहित नगद ११ लाख हात पार्यो भने उपविजेता चर्च ब्वाईजले ५ लाखसहित ट्रफी, मेडलमा चित्त बुझायो ।

Post Comments