News ताप्लेजुङः छैटौ सावादिन च्यालेन्ज कपको उपाधिका लागि बि.सि.एस. र मानाभरा भिडने
गोलनेपाल

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका १ सावादिनमा बि.सि.एस युवा क्लबद्वारा आयोजित छैटौ सावादिन च्यालेन्ज कपको उपाधिका लागि आयोजक बि.सि.एस. ए र मानाभरा युथ स्पोर्टिङ क्लाब भिड्ने भएका छन ।

बुधबार बि.सि.एस.खेल मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक बि.सि.एस.सावादिनले थलङ स्पोर्टिङ क्लब मिक्वाखोलालाई पेनाल्टि सुच आउटमा ४-२ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि नतिजा पेनाल्टि सुट आउटबाट निकालिएको थियो । त्यस्तै बुधबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा मानाभरा युथ स्पोर्टिङ क्लब खेजिनिमले आयोजक बि.सि.एस. बि लाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि भिडन्नत पक्का गरेको हो । फाइनल खेल फागुन २९ गते बिहीबार आज दिउँसो १ बजे हुने बताइएको छ ।

फाल्गुन २६ गते देखि सन्चालन सुरू भएको प्रतियोगिता फागुन २९ गते आज सकिने छ । प्रतियोगिताको विजेताले रू. १ लाख १ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ ।साथै विधागकत पुरस्कार समेत प्रदान गरिने बताइएको छ । ‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद, समृद्धिका लागि खेलकुद’ भन्ने नारालाई सार्थक पार्दै ताप्लेजुङ जिल्लाको पर्यटन प्रवद्धन गर्ने उदेस्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष रूपहाङ लिम्बुले जानकारी दिए ।

साथै यसै प्रतियोगिताको अवसरमा आज दौड प्रतियोगिता समेत सन्चालन गरिने लिम्बुले बताए । दौडमा प्रथम हुनेले १० हजार,दोस्रोले ६ हजार,तेस्रोले ३ हजार ,चौथो र पॉचौ स्थान हासिल गर्नेले १ हजार प्राप्त गर्नेछन भने दशौ स्थान सम्मले प्रमाण पत्र प्राप्त गर्नेछन ।

Post Comments