
आठराई गाउँपालिका–६ चुहानडाँडास्थित फुङसिङमा फागु पुर्णे मेलाको अवसरमा आयोजित वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिताको तेस्रो दिन विभिन्न टोली बिच प्रतिस्पर्धा भएको छ ।
आज (बिहीबार)को पहिलो खेलमा आठराई–६ चुहानडाँडा फाकुम्बालाई टाइब्रेकरमा ६–५ गोलअन्तरले हराउँदै इवा प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुबै टिमले कुनै पनि गोल गर्न सकेनन् ।
त्यसपछि भएको पेनाल्टि सुटआउटमा इवाले बाजी मारेको हो । आजै भएको दोस्रो खेलमा आठराई–१ लिसिबुङले आठराई–५ छातेढुंगालाई पराजीत ग¥यो । दोस्रो खेलमा पनि निर्धारित समयमा दुबै पक्षबाट गोल हुन नसकेपछि टाइब्रेकर भएको थियो । पेनाल्टिमा लिसिबुङ ५–४ गोलअन्तरले विजयी बनेको हो । तेस्रो खेलमा भने आठराई–२ खाम्लालुङले आठराई–५ छातेढुंगा होडालाई १–० गोल अन्तरले पछि पार्दे जीत हाँसिल गरेको छ । त्यसैगरी आजै सम्पन्न चौंथो खेलमा आठराई–३ ह्वाकुले आठराई–६ चुहानडाँडा ‘बी’ लाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजीत गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत भोलि (बुधबार)को पहिलो खेल आयोजक ‘ए’ र आठराई–४ इवाबिच हुने प्रतियोगिताका खेल संयोजक दिपक कन्दङवाले बताए । त्यसैगरी भोलि महिला टोलीको समेत खेल हुने उनले बताए । आठराई गाउँपालिका, ६ नं. वडा कार्यालय र विभिन्न दाताहरुको सहयोगमा फङसिङ खेल सञ्चालन समितिको आयोजनामा सञ्चालित पूरुष तथा महिला फुटबल प्रतियोगिता चैत्र २ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको पूरुषतर्फको विजेताले नगद ५० हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेताले नगद ३० हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै महिलातर्फको विजेताले नगद २० हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेताले नगद १० हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक कन्दङवाले बताए ।
- मदन मेलाको उपाधिःपुरूष तर्फ सोधुङ सेन्दाङ र महिला तर्फ म्याङलुङ स्पोर्टिङलाई
- उपाधिका लागि सोधुङ सेन्दाङ र आठराई गाउँपालिका भिड्ने
- आठराई मदनमेलाको पुरूष तथा महिला फुटबलको सेमिफाईनल समिकरण पूरा
- तमु ह्योल छोजधी र फेदाप गाउँपालिका मदन मेलाको सेमिफाइनल प्रवेश
- मदनमेलाको दोस्रो दिन पुरूष तर्फ प्रि क्वाटर फाइनलका पॉच खेल सम्पन्न