काठमाडौं । नेपालले खेल्ने आगामी दुई अन्तर्राष्ट्रिय फुटबल म्याच अन्तर्गत सिंगापुर र मलेसियासँग खेल्ने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक म्याट रसले सोमबार २३ सदस्यीय फाइनल स्क्वाड घोषणा गरेका हुन् । टोलीमा युथ लिगतर्फ पुलिसका लागि आफ्नो कप्तानीमा उत्कृष्ट प्रदर्शन गरेका युवा फरवार्ड सुबास बम ठकुरीले स्थान बनाएका छन् । त्यसबाहेक लामो समयपछि रेजिन सुब्बा पनि राष्ट्रिय टोलीमा परेका छन् । त्यसबाहेक टोलीमा अधिकांश पुरानै अनुहारको बाहुल्यता छ ।
स्मरण रहोस, नेपालले यही मार्च २१ तारीखका दिन सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ भने २५ मार्चका दिन एएफसी एसियन कपको तेस्रो चरणको छनौट खेल अन्तर्गत मलेसियासँग खेल्ने कार्यक्रम छ ।
यस्तो छ फाइनल स्क्वाडः
गोलकिपर्सः किरन चेम्जोङ, दिप कार्की, अन्जल श्रेष्ठ
डिफेन्डर्सः अनन्त तामाङ, बिमल पाण्डे, सनिष श्रेष्ठ, रणदिप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ
मिडफिल्डर्सः रोहित चन्द, लाकेन लिम्बु, रोहन कार्की, मनि लामा, भरत खवास, एरिक बिष्ट, मनिष डाँगी, कृतिष रत्न छुन्जु, आयुष घलान
फरवार्डसः जिलेस्पी जंग कार्की, अन्जन बिष्ट, सुबास बम ठकुरी, रेजिन सुब्बा
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न