News तेस्रो उर्लाबारी भेट्रान्स कप चैत्र अन्तिम सातादेखि
गोलनेपाल

उर्लाबारी । उर्लाबारी भेट्रान्स फुटबल क्लब, उर्लाबारी, मोरङको आयोजनामा यही चैत्र २७ गतेदेखि तेस्रो उर्लाबारी भेट्रान्स कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

सो प्रतियोगितामा कोशी प्रदेश अन्तर्गत झापा, मोरङ, सुनसरीका गरी कुल १० वटा टिमहरुले सहभागिता जनाउने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५ हजार हात पार्नेछ भने उपविजेता नगद ५५ हजारसहित ट्रफी प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष दिपक पोमुले जानकारी दिए ।

त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोकले जनाएको छ । साथै प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जानकारी दियौ ।

Post Comments