News जापान सन् २०२६ को फिफा विश्वकपमा छनौट हुने पहिलो टोली
गोलनेपाल

काठमाडौं । एसियन पावर हाउस जापान अर्को वर्ष क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने फिफा विश्वकप २०२६ का लागि छनौट हुने पहिलो टोली बनेको छ ।

अन्तिम चरणको एसियाली छनौट प्रतियोगितात र्फ समूह सी मा रहेको जापानले बिहीबार बहराईनमाथि २–० को जित निकालेसँगै अर्को वर्ष हुने विश्वकपका लागि छनौट हुने पहिलो टोली बनेको हो ।

घरेलु मैदान साइतामा स्टेडियममा भएको खेलमा जापानका लागि दुई स्टारद्वय दाइची कमादा र ताकेफुसा कुबोले गोल गरे । यो जितसँगै तीन खेल अगावै जापानले विश्वकपको टिकट काट्न सफल भयो ।

समूह सी मा ७ खेलबाट १९ अंक जोडेको जापान शिर्ष स्थानमा छ । दोस्रो स्थानमा १० अंकका साथ अष्ट्रेलिया रहेको छ । त्यस्तै समान ६–६ अंक जोडेका साउदी अरेयिबा, इण्डोनेसिया, बहराईन र चीन क्रमशः तेस्रो, चौथो, पाँचौं र छैठौं स्थानमा छन् ।

समूहको शिर्ष दुई टोली सोझै फिफा विश्वकप २०२६ का लागि छनौट हुनेछन् भने तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले चौथो चरणको छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । यसअर्थमा समूह सी बाट अन्य पाँचै टोलीहरुको सम्भावना भने कायम छ ।

स्मरण रहोस, सन् २०२६ को फिफा विश्वकपमा ६ महादेशका कुल ४८ टोलीहरुले सहभागिता जनाउने तय भईसकेको छ ।

Post Comments