News उपाधि जित्ने एपिएफ र आर्मी दुबै टोलीको लक्ष्य
गोलनेपाल

चितवन । चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिबार एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा दिउँसो ३:३० बजे उपाधिका लागि डिपार्टमेन्टल डर्बी हुन लागेको हो ।

फाइनल अघि आयोजित पत्रकार सम्मेलनमा दुबै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो टोली उपाधि जित्ने लक्ष्य लिएर मैदान उत्रिने बताए । उनले आर्मीलाई कमजोर नआँक्ने तर उपाधि जित्न मैदान उत्रिने बताए ।

उनले आर्मीविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने पनि बताए । राष्ट्रिय टिमका अधिकांश खेलाडी एपिएफमा हुनु बलियो पक्ष भएको उनले बताए । कप्तान अनिता बस्नेतले एपिएफले आफ्नै शैलीको खेल प्रस्तुत गर्ने बताईन् । उनले पनि विपक्षीलाई कमजोर नआँक्ने बताईन् ।

आर्मीका प्रशिक्षक कृष्ण सिंह ठगुन्नाले यस पटक एपिएफलाई हराएर उपाधि जित्ने विश्वास रहेको बताए । फाइनलमा केही परिवर्तन हुन सक्ने उनले संकेत गरे । आर्मीविरुद्ध यसअघिका खेलमा हार व्यहोरे पनि यस पटक जित्ने लक्ष्य रहेको बताए । कप्तान सुनिता चौधरीले आर्मीको लक्ष्य उपाधि नै रहेको बताए ।

आर्मीलाई एपिएफविरुद्ध बदला लिने अवसर रहेको छ । हालै सम्पन्न ईलाम गोल्डकपको फाइनलमा आर्मी एपिएफसँग पराजित भएको थियो । एपिएफ भने त्यही लयलाई निरन्तरता दिने सोचमा हुनेछ ।

फाइनलमा टिकटदर तीन सय र दुई सय

एपिएफविरुद्धको फाइनलका लागि चितवन जिल्ला फुटबल संघले तीन सय र दुई सयको टिकटको व्यवस्था गरेको छ । संघका अध्यक्ष श्री कृष्णकार्कीले प्याराफिटका लागि तीन सय तथा प्याराफिट बाहिरका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको बताए । दर्शकहरुको सहजतालाई मध्यनजर गर्दै टिकट बिहान १० बजेबाट नै खुला गरिने उनले जानकारी दिए ।

ट्रफी अनावरण

Post Comments