News
नेपालको ऐतिहासिक जित

काठमाडौं । फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचतर्फ नेपालले शुक्रबार ऐतिहासिक जित हात पारेको छ । सिंगापुरमा सम्पन्न खेलमा नेपालले घरेलु टोली सिंगापुरमाथि १–० को जित निकाल्दै ऐतिहासिक जित हासिल गरेको हो ।
सिंगापुर स्थित नेशनल स्टेडियममा सम्पन्न खेलको १२औं मिनटमा जिलेस्पी जंग कार्कीले गरेको एक मात्र गोल नेपाललाई ऐतिहासिक जित दिलाउन निर्णायक गोल बन्यो ।
सिंगापुरमाथि नेपालको यो पहिलो जितसमेत थियो । नेपालले अन्तिमपटक सन् १९८९ मा विश्वकप छनौटतर्फ सिंगापुरसँग खेलेको थियो । त्यतिबेला नेपालले सिंगापुरसँग ०–७ को हार बेहोरेको थियो ।
अब नेपाल एसियन कप छनौट खेल्न मलेसियातर्फ प्रस्थान गर्नेछ । छनौट प्रतियोगिता अन्तर्गत नेपालले २४ मार्च (आउँदो मंगलबार) का दिन मलेसियासँग खेल्ने कार्यक्रम छ ।
Post Comments