News लेटाङ फाइनलमा, उपाधिका लागि फ्युजनसँग भिड्ने
गोलनेपाल

बिराटनगर । लेटाङ फुटबल क्लब, लेटाङ, मोरङ जारी पाँचौं मिल्स गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार जुट मिल खेलमैदानमा भएको दोस्रो सेमिफाइनलमा लेटाङले पेमा स्र्पोटिङ क्लब, बिराटनगरलाई ६–३ ले हराउँदै फाइनल प्रवेश गर्न सफल भएको हो ।

खेलमा लेटाङका किरण शंकर म्यान अफ दि म्याच घोषित भए । अब चैत्र १० गते आइतबार हुने फाइनलमा लेटाङले फ्युजन फुटबल क्लब, गाईघाटसँग उपाधिका लागि भिड्नेछ ।

मिल्स गोल्डकप फुटबल ट्रष्ट, बिराटनगर, मोरङको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ ।

Post Comments