News पिएसजी विरुद्ध साबित्राको दुई गोल
गोलनेपाल

काठमाडौं । फ्रान्सको शिर्ष महिला लिगमा खेलिरहेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीले लिगअन्तर्गत बलियो पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध दुई गोल गरेकी छिन् ।

लिग अन्तर्गत आफ्नो १८औं खेलमा साबित्राको टोली गुइनग्याम्पले पिएसजीसँग शुक्रबार राती ६–२ को फराकिलो हार बेहोर्यो । हारका बावजुद खेलमा साबित्राको प्रदर्शन भने दर्शनीय रह्यो ।

टोलीको पहिलो रोजाई मै रहेर मैदानमा उत्रिएकी साबित्राले खेलको ५८ र ८८औं मिनटमा पिएसजी विरुद्ध गुइनग्याम्पका लागि गोल गर्ने एक्लो खेलाडी बनिन् । यद्यपि, त्यो दुई गोल टोलीको हार टार्न प्रर्याप्त भने बनेन ।

यो नतिजापछि १८ खेलबाट ३ अंक मात्र जोडेको गुइनग्याम्प पुछारमा छ । र, रेलिगेशनको त्रासमा छ । उता पिएसजी भने ४२ अंकका साथ दोस्रो स्थानमा छ । शिर्ष स्थानमा भने ४९ अंकका साथ लियोन रहेको छ ।

Post Comments