News
गोधुली रनिङ कप: धरान-१० लाई सफलता

धरान । संघर्षपुर्ण जितका साथ धरान-१० यहाँ जारी २५औं गोधुली रनिङ कप नकआउट फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।
धरान रंगशालामा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछी टाईब्रेकरमा धरान-१० ले धरान-१२ माथी ४-२ को जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।
खेलमा धरान-१० क गोलरक्षक कस्तुक पिठाकोटे म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत चैत्र ९ गते शनिबारको खेल धरान-१५ र धरान-८ बीच हुने आयोजकले जानकारी दियो ।
गोधुली क्लब, धरानको आयोजनामा जारी भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २१ गतेका दिन हुनेछ ।
Post Comments