News
दक्षिणकाली नगरपालिकालाई डिसीसी कपको उपाधि
काठमाडौं । जिल्ला समन्वय समिति, काठमाडौंको आयोजनामा सम्पन्न भएको डिसीसी कप अन्तरपालिकास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि दक्षिणकाली नगरपालिकाले जितेको छ ।
फाइनलमा दक्षिणकालीले चन्द्रागिरी नगरपालिकालाई टाईब्रेकरमा हराउँदै उपाधि जित्न सफल भएको हो । निर्धारित समयको प्रतिस्पर्धात्मक खेल २–२ को बराबरीमा टुंगिएपछि टाईब्रेकरमा दक्षिणकालीले चन्द्रागिरीमाथि ४–२ को जित निकाल्दै उपाधि उचाल्यो ।
विजेता बनेको दक्षिणकाली नगरपालिकाले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता चन्द्रागिरी नगरपालिकाले १ लाखसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न