News गोधुली रनिङ कपः धरान १५ क्वाटरफाइनलमा
गोलनेपाल

धरान । धरान १५ यहाँ जारी टेस्टी टेस्टी २५औं गोधुली रनिङ कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालामा भएको प्रिक्वाटरफाइनलतर्फ धरान १५ ले धरान ८ लाई २–० ले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । धरान १५ को जितमा एरिक गुरुङ्ग र निकेश राईले गोल गरे ।

खेलको म्यान अफ दि म्याच पनि धरान १५ कै एरिक गुरुङ्ग घोषित भए । प्रतियोगिता अन्तर्गत चैत्र १० गते आइतबार दुई खेलहरु हुनेछन् । पहिलो खेलमा ५ बजे धरान १४ र धरान ९ भिड्ने छन् भने ७ बजे हुने दोस्रो खेलमा धरान ४ र धरान १ भिड्ने छन् ।

गोधुली क्लब, धरानको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २१ गतेका दिन हुनेछ ।

Post Comments