News
आठौं गोलबजार मेयर गोल्डकपको खेलतालिका सार्वजनिक

गोलबजार । गोलबजार नगरपालिका, सिरहाको आयोजनामा वार्षिक रुपमा हुँदै आएको गोलबजार मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको आठौं संस्करण यही चैत्र १५ गतेदेखि हुने भएको छ ।
गोलबजार नगरपालिका–२ गुरुधाम स्थित गोलबजार एकिकृत खेलग्राममा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा चैत्र १५ गतेका दिन रोमन फुटबल क्लब, सर्लाही र पेमा युवा क्लब, बिराटनगर भिड्ने छन् ।
नेपाल र भुटानका गरी आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल र समापन चैत्र २१ गतेका दिन हुने आयोजकले जानकारी दियो ।
सिरहा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ ।
Post Comments