News महिला एसियन कप छनौटः नेपालको प्रतिद्वन्द्वी उज्वेकिस्तान, लाओस र श्रीलंका
गोलनेपाल

काठमाडौं । एएफसी महिला एसियन कप छनौट प्रतियोगिता अन्तर्गत नेपालले बलियो उज्वेकिस्तानसँगै लाओस र श्रीलंकालाई आफ्नो प्रतिद्वन्द्वीका रुपमा पाएको छ ।

बिहीबार एएफसीको मुख्यालयमा निकालिएको ड्र अनुसार नेपाल उज्वेकिस्तान, लाओस र श्रीलंकासँगै समूह एफमा परेको हो । समूह एफका सबै खेलहरु उज्वेकिस्तानमा हुन्छने ।

साथै छनौट प्रतियोगिताका खेलहरु आउँदो २३ जुनदेखि ५ जुलाईसम्म हुने बताइएको छ । छनौट प्रतियोगितामा सहभागि ३४ टोलीहरुलाई ८ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष टोली अर्को बर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपका लागि छनौट हुनेछन् ।

अर्को वर्ष हुने महिला एसियन कपमा अष्ट्रेलिया आयोजकका रुपमा छनौट भईसकेको छ । त्यस्तै गत संस्करणको विजेताका रुपमा चीन, उपविजेताका रुपमा दक्षिण कोरिया र तेस्रो स्थान हासिल गर्ने टोलीका रुपमा जापान पनि छनौट भईसकेका छन् ।

यस्ता छन् छनौट प्रतियोगिताका समूहहरुः

समूह एः इरान, जोर्डन (आयोजक), लेबनान, सिंगापुर, भुटान
समूह बीः थाइल्याण्ड (आयोजक), भारत, मंगोलिया, टिमोर लिस्टे, इराक
समूह सीः म्यानमार (आयोजक), बहराईन, बंगलादेश, तुर्कमेनिस्तानm
समूह डीः चाईनिज ताइपेई, इण्डोनेसिया (आयोजक), किर्गिस्तान, पाकिस्तान
समूह ईः भियतनाम (आयोजक), गुआम, युएई, माल्दिभ्स
समूह एफः उज्वेकिस्तान (आयोजक), नेपाल, लाओस, श्रीलंका
समूह जीः फिलिपिन्स, हङकङ, कम्बोडिया (आयोजक), साउदी अरेबिया
समूह एचः उत्तर कोरिया, मलेसिया, प्यालेस्टाईन, ताजिकिस्तान (आयोजक)

Post Comments