बुटवल । यहाँ जारी प्रतिष्ठित २३औं तिलोत्तमा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा चर्च ब्वाईज युनाइटेड, ललितपुर र विभागीय टोली एपिएफ फुटबल क्लब, काठमाडौं भिड्ने भएका छन् ।
प्रतियोगिता अन्तर्गत बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाईजले मच्छिन्द्र फुटबल क्लब, काठमाडौंलाई ४–१ ले हराउँदै शनिबार हुने फाइनलमा एपिएफसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
चर्च ब्वाईजको जितमा अर्माण्ड बिडुमले ह्याट्रिक गर्दा थप एकगोल अबायोमी फाकुन्लेले गरे । उता पराजित मच्छिन्द्रका लागि एलेक्स विलियमले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा चर्च ब्वाईजका अबायोमी फाकुन्ले म्यान अफ दि म्याच बने ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२,१२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६,६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने