
गोलबजार । फराकिलो जितका साथ सलहेश युवा क्लब, सिरहा यहाँ जारी आठौं गोलबजार मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
सोमबार भएको अन्तिम क्वाटरफाइनलमा सलहेशले साम्ची फुटबल क्लब, भुटानलाई ६–० को फराकिलो अन्तरले हरायो । सलहेशको जितमा एलेक्सले ह्याट्रिक गर्दा बिबेक राई, सुनिल खड्का र सृजन क्षेत्रीले समान एक–एक गोल गरे ।
खेलमा सलहेशका सृजन क्षेत्री म्यान अफ दि म्याच समेत घोषित भए । प्रतियोगिता अन्तर्गत चैत्र १९ गते मंगलबारको पहिलो सेमिफाइनल चात्या सा पुस्तकालय, दमक, झापा र गोलबजार स्पोर्टस क्लब, गोलबजार, सिरहाबीच हुने आयोजकले जानकारी दियो ।
गोलबजार नगरपालिका, सिरहाको आयोजना जारी प्रतियोगिताको विजेताले उपाधिहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २१ गतेका दिन हुनेछ ।