News प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

बुटवल । बीस पचहत्तर युवा क्लब, बुटवल–७, दिपनगरको आयोजनामा यही चैत्र २३ देखि ३० गतेसम्म हुने प्रथम उपमेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

बुटवल–७ स्थित सिद्धेश्वरी खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा आयोजक बीस पचहत्तर युवा क्लब, बुटवल र सुनवल नगरपालिका, सुनवलबीच हुनेछ । प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ टोलीहरुले सहभागिता जनाउने छन् ।

एसियन थाई फुड्स प्रा.लि. को मुख्य प्रायोजन तथा बुटवल उपमहानगरपालिकाको विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्राप्त गनेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

Post Comments