भैरहवा । अनुभवी र तुलनात्मक रुपमा केही बलियो आँकिएको आयोजक माछापुच्छ्रे क्लबलाई १–३ ले हराउँदै योङ ब्वाईज फुटबल क्लब, देवदह जारी ३०औं माछापुच्छ्रे कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको प्रिक्वाटरफाइनलतर्फ योङ ब्वाईजको जितमा सुदिप गुरुङ्गले दुई गोल गर्दा थप एक गोल मन्नु कुमालले गरे । उता पराजित माछापुच्छ्रेका लागि भने बिशाल पुनले एक मात्र गोल फर्काएका थिए । घरेलु समर्थकको बलियो साथसँगै माछापुच्छ्रेले खेलमा पटक–पटक पाएको गोलको सुन्दर अवसरहरुलाई सदुपयोग गर्न नसक्दा निराश बन्न पुग्यो ।
खेलमा योङ ब्वाईजका लागि दुई गोल गरेका सुदिप गुरुङ्ग म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत्र २० गते बुधबारको अन्तिम प्रिक्वाटरफाइनल खेल मोन्स्टर गाईज, सुनवल र समपुर्ण युवा क्लब, सुपौलीबीच हुने आयोजकले जानकारी दियो ।
माछापुच्छ्रे क्लब, सिद्धार्थनगर–२ रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने क्लबका अध्यक्ष युवराज थापाले बताए । फाइनल खेल यही चैत्र २८ गतेका दिन हुनेछ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने