News
झापा र काठमाडौंको लगातार दोस्रो बराबरी

काठमाडौं । तेस्रो नेपाल सुपर लिगतर्फ बिहीबार भएको खेल बराबरीमा टुंगिएको छ । पूर्व विजेता काठमाडौं रेजर्स र झापा फुटबल क्लबबीच भएको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा टुंगिएको हो ।
काठमाडौं र झापाको यो लगातार दोस्रो बराबरी समेत हो । काठमाडौंले आफ्नो पहिलो खेलमा ललितपुरसँग बराबरी खेलेको थियो भने झापाले बुटवल लुम्बिनी एफसीसँग बराबरी खेलेको थियो ।
यो नतिजापछि २ खेलबाट २ अंक जोडेको काठमाडौं रेजर्स लिगतालिकाको चौथो स्थानमा छ भने झापा समान अंकका साथ पाँचौं स्थानमा छ । शिर्ष स्थानमा ४ अंक जोडेको ललितपुर छ भने पुछारमा अंकविहीन पोखरा थन्डर्स रहेको छ ।
Post Comments