News २७औं रामनवमी कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

खोक्लिङ । सिर्जनशील सामाजिक युवा समाज, खोक्ङि, ताप्लेजुङको आयोजनामा हुन गईरहेको २७औं रामनवमी कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

खोक्लिङ स्थित मोति माविको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा चैत्र २४ गतेका दिन आयोजक सिर्जनशील सामाजिक युवा समाज र पृथ्वी एण्ड लेशनमाया एमवाइसी, खाम्लुङ भिड्ने छन् । कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल चैत्र २८ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेता, उपविजेता टोली तथा विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments