News दोस्रो ओयाक्जुङ गोल्डकपः उपाधिका लागि जिरिखिम्ति र कुम्मायक भिडने
गोलनेपाल

फेदाप । तेह्रथुमको फेदाप गाउँपालिका वडा नं २ ओयाक्जुङ यावरामा जारी दोस्रो ओयाक्जुङ गोल्डकप पालिका स्तरीय पुरूष फुटबल प्रतियोगिताको उपाधिका लागि म्याङलुङ नगरपालिका ६ जिरिखिम्ति र कुम्मायक गाउँपालिका पॉचथर भिड्ने भएका छन ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा फेदाप गाउँपालिकालाई शुन्यका विरूद्ध २ गोलले पराजित गर्दै जिरिखिम्ति फाइनल पुगेको हो । त्यस्तै दोस्रो सेमिफाइनलमा कुम्मायक पॉचथरले छथर गाउँपालिका तेह्रथुमलाई ४-२ गोलले पराजित गर्दै फाइनलमा जिरिखिम्तिसंगको भेट पक्का गरेको हो ।

त्यस्तै गोल्डकपको अवसरमा आयोजना गरिएको आमन्त्रित महिला फुटबल प्रतियोगिताको फाइनलमा आयोजक र म्याङलुङ नगरपालिका भिडनेछन । पुरूष तथा महिला तर्फका दुबै फाइनल खेलहरू शनिबार हुनेछन ।

गोल्डकपमा पुरूष तर्फ तेह्रथुम जिल्लाका स्थानीय तहहरू र छिमेकी जिल्ला पॉचथर गरी जम्मा १२ टिमको सहभागिता रहेको थियो। त्यस्तै महिला तर्फ चार वटा आमन्त्रित टिमहरू रहेका थिए ।

ओयाक्जुङ गोल्डकप सन्चालन समितिको आयोजनामा चैत्र १८ गते देखि शुरू प्रतियोगिता चैत्र २३ गते सकिनेछ । पुरूष तर्फको विजेताले १ लाख ५० हजार सहित सुन जडित तीन वर्षे रनिङ ट्र्फि मेडल र प्रमाण पत्र साथै उपविजेताले ७५ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । विजेताले प्राप्त गर्ने सुन जडित रनिङ ट्रफि स्व. याम बहादुर मादेम्बाको स्मृतिमा उनको सहपरिवार फेदाप २ ओयाक्जुङले प्रायोजन गरेका हुन ।

त्यसै गरी आमन्त्रित महिला फुटबलको विजेताले ३० हजार सहित सुन जडित रनिङ ट्र्फि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । नगद पुरस्कारको प्रायोजन किरण मादेम्बा फेदाप २ ओयाक्जुङ हाल पोल्यान्डले गरेका हुन भने सुन जडित रनिङ ट्रफि स्व. आमा चोल मायॉ पंधाक मादेम्बाको स्मृतिमा नेपाली सेनामा कार्यारत छोरा नविन मादेम्बा फेदाप २ ओयाक्जुङ हाल यु एन मिसन लिबिया शान्ति सेनाले प्रायोजन गरेका छन । उपविजेताले भने १५ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

गोल्डकपमा प्रत्येक खेलको प्लेयर अफ दि म्याच तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी,वेष्ट डिफेन्स,वेष्ट गोल किपर,सर्वाधिक गोलकर्ता,वेष्ट स्टाइकर लगायत विधागत उत्कृष्टले समेत उचित पुरस्कार प्राप्त गर्नेछन ।

Post Comments