News केराबारी गाउँपालिका वडास्तरीय पाँचौं अध्यक्ष कप सुरु, केराबारी गाउँपालिका वार्ड नं ३ को विजयी सुरुवात
गोलनेपाल

केराबारी | शनिबारदेखि सुरु भएको प्रतिष्ठित पाँचौं अध्यक्ष कप फुटबल प्रतियोगितामा केराबारी वार्ड नं ३ ले विजय सुरुवात गरेको छ। केराबारी रङ्गशालामा भएको उद्घाटन खेलमा केराबारी वार्ड नं ३ ले केराबारी गाउँपालिका वडा नं ९ लाई २–० ले हराउँदै विजय सुरुवात गरेको हो।

खेलमा रोशन बान्तावर राई दुई गोल गर्दै आजको खेलको लागि म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ७५० र trophy हात पारे।

यो जितसँगै केराबारी ३ क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत चैत २४ गते आइतबारको महिलातर्फ खेलमा केराबारी ९ र केराबारी ५ हुने र त्यसैगरी पुरुषतर्फ को खेलमा केराबारी ६ र केराबारी ४ हुने आयोजकले जानकारी दियो ।

Post Comments