News ब्रदरहुड एफसी पॉचौ सन्दकपुर गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

सन्दकपुर । उदयपुरको ब्रदरहुड एफसी इलामको सन्दकपुर देउरालीमा जारी पॉचौ सन्दकपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सात खाल्डे सहिद खेल मैदानमा आज बुधबार सम्पन्न तेस्रो क्वाटर फाइनलमा चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई एकका विरूद्ध तीन गोलले पराजित गर्दै ब्रदरहुड सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफको ३०औँ मिनेटमा अनिष आर डी को गोल संगै अग्रता बनाएको चुलाचुलीले दोस्रो हाफमा भने तीन गोल खान पुग्यो । खेलको ६५औँ मिनेटमा ब्रदरहुडका प्रवेश दनुवारले गोल गर्दै खेललाई बराबरी मा पुर्याए ।

दोस्रो हाफकै ७८ र ८६ मिनेटमा ब्रदरहुडका क्याप्टेन आकास राईले थप दुइ गोल गर्दै अग्रता तेब्बर गरे । इन्जुरी समयको अन्तिम मिनेटमा चुलाचुलीका अनिष आर डीले थप गोल गर्दै अन्तर छोट्याए पनि हार टार्न भने सकेनन ।

खेलको म्यान अफ दि म्याच ब्रदहुडका आकाश राई घोषित हुँदै दुइ हजार पॉच सय सहित ट्रफि प्राप्त गरे ।

भोली चैत्र २८ गते बिहीबार चौथो तथा अन्तिम क्वाटर फाइनलमा बुट्टाबारी फुटबल क्लब झापा र वाइवाइ पॉचथर फुटबल क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

सन्दकपुर गाउँपालिका ३ देउराली स्थित सात खाल्डे सहिद खेलमैदानमा चैत्र २५ गते देखि सुरू प्रतियोगिता वैशाख १ गते सकिनेछ ।

देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा सन्चालित प्रतियोगिताको विजेताले नगद २ लाख ५५ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ ।

आयोजक समितिका अध्यक्ष अइन्द्र राईका अनुसार उपविजेताले नगद १ लाख ५५ हजार र ट्रफी पाउने छ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद २ हजार ५ सय प्राप्त गर्नेछ ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फर्वाडर,उत्कृष्ट मिडफिल्डर,सर्वाधिक गोलकर्ता र उत्कृष्ट कोचले जनही ४-४ हजार पाउने आयोजक समितिका उपाध्यक्ष सुरेश थापा मगरले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा पॉचथर,इलाम, झापा,मोरङ,र उदयपुरका ८ टिमको सहभागिता रहको छ ।
जसमा इलामको आयोजक देउराली स्पोर्टिङ क्लब, रेड हर्ष एफसी, बुट्टाबारी युनाइटेड झापा,चुलाचुली स्पोर्टिङ क्लब झापा,डॉगिहट एफसी मोरङ,कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगर,वाइ वाइ पॉचथर फुटबल क्लब र ब्रदरहुड एफसी उदयपुर रहेका थिए ।

आयोजक देउरीली स्पोर्टिङ क्लब,कोशी प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगर र चुलाचुली स्पोर्टिङ क्लब दमक झापा भने प्रतियोगिताबाट बाहिरी सकेका छन ।

Post Comments