News चितवनलाई हराउँदै शिर्ष स्थानमा उक्लियो साविक विजेता ललितपुर
गोलनेपाल

काठमाडौं । एफसी चितवनमाथि रोमाञ्चक जित हात पार्दै साविक विजेता ललितपुर सिटी फुटबल क्लब जारी तेस्रो नेपाल सुपर लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार भएको आफ्नो चौथो खेलमा ललितपुरले प्रतिस्पर्धात्मक खेलमा चितवनलाई २–१ ले हरायो । खेलको शुरुवाततिर दोस्रो मिनट मै इमोह एजिकेलको गोलबाट ललितपुरले अग्रता बनाएको थियो । तर खेल अन्तिम समय नाटकीय र रोमाञ्चक बन्यो ।

खेलको ७४औं मिनटमा चितवनका लागि भिक्टर मनसरायले बराबरी गोल फर्काए । तर, चितवनले त्यो बराबरी गोलको खुशी धेरैबेर मनाउन सकेन । त्यसको पाँच मिनट लगतै ७९औं मिनटमा मणि कुमार लामाले ललितपुरका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको रोमाञ्चक जित पक्का गरे ।

यो जितपछि ४ खेलबाट ८ अंक जोडेको ललितपुर शिर्ष स्थानमा उक्लेको छ । पराजित चितवन ७ अंकका साथ दोस्रो स्थानमा छ । एक खेल कम खेलेको धनगढी ५ अंकका साथ तेस्रो स्थानमा छ । शिर्ष तीन कै होडमा ५ अंकसहित काठमाडौं रेजर्स पनि छ । पुछारमा भने १ अंक जोडेको बुटवल लुम्बिनी एफसी रहेको छ ।

Post Comments