News
पाँचौं अध्यक्ष कप : केराबारी १ को महिला टोली र केराबारी ८ को पुरुष टोली फाइनलमा

केराबारी | पाँचौं अध्यक्ष कपतर्फ शुक्रबार भएको सेमिफाइनल खेलमा महिलातर्फ केराबारी १ ले ०(४) - ०(३) को अन्तरले केराबारी ३ लाई हराउँदै फाइनल मा प्रवश गरेको छ। महिलातर्फको खेलमा प्लेयर अफ दि म्याच सृष्टि मगर घोषित भएकी थिन्।
त्यसैगरी पुरुषतर्फ भएको खेलमा केराबारी ८ ले केराबारी २ संग १(६) - १(५) को अन्तरले केराबारी ३ लाई हराउँदै फाइनलको यात्रा गरेको छ।त्यसैगरी पुरुषतर्फको खेलमा म्यान अफ दि म्याच भने विश्वास खड्का घोषित भएका थिए ।
प्रतियोगिता अन्तर्गत चैत ३० गते शनिबार महिलातर्फ को फाइनल खेल केराबारी पाँच भर्सेस केराबारी एक को हुने। त्यसैगरी सेमिफाइनल पुरुषतर्फ भने केराबारी ७ र केराबारी ६ को खेल हुने आयोजकले जानकारी दिएको छ।
Post Comments
Related News
- तेस्रो सुन्दरहरेचा मेयर कपमा इटहरीको विजयी शुरुवात
- लखनपुर भेट्रान्स तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको फाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिता: चारपाने युनाईटेड भेट्रान्स सेमिफाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स कपको सेमिफाइनल समिकरण पूरा
- पाँचौं अध्यक्ष कपः केराबारी ६ को पुरुष टोलीलाई उपाधि