News मदनमेलाको दोस्रो दिन पुरूष तर्फ प्रि क्वाटर फाइनलका पॉच खेल सम्पन्न
रमेश समदर्शी

तेह्रथुमको आठराईमा जारी मदन मेला २०८२ को दोस्रो दिन खुल्ला पुरूष फुटबल तर्फका प्रि-क्वाटरफाइनलका पॉच खेल सम्पन्न भएका छन ।

पहिलो खेलमा जिरिखिम्ति युवा क्लबले आठराई गाउँपालिका ४ इवा लाई ६-० ले पराजित गर्दै क्वाटर फाइनलमा स्थान पक्का गरेको छ । जिरिखिम्तिको जितका लागि ज्ञानेन्द्र भण्डारीले ४ र बिशाल काफ्लेले २ गोल गरे । खेलको म्यान अफ दि म्याच ज्ञानेन्द्र भण्डारी घोषित भए ।

दोस्रो खेलमा आठराई गाउँपालिकाले किन्ताङ एफसी धनकुटालाई ३-० ले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको छ ।आठराईको जितका लागि ब्रिटिस लिम्बु,रोशन इङनाम र मनिष मगरले एक एक गोल गरे । म्यान अफ दि म्याच रोशन इङनाम घोषित भए । तेस्रो खेलमा तमु ह्योल छोजधिले वडा नं ६ चुहानडॉडालाई १-० ले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको छ । तमु ह्योलका लागि बिबेक सुनमले गोल गरे ।उनै बिवेल म्यान अफ दि म्याच बन्न सफल भए । चौथो खेलमा पाहिम समाजले वडा नं ५ छातेढुंगालाई पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको छ । पाहिम समाजका लागि आरेहाङ लिम्बु र साम्युल तामाङले गोल गरे । आरेहाङ लिम्बु म्यान अफ दि म्याच घोषित भए । त्यसैगरी पॉचौ खेलमा मुनाल क्लब जलजलेले पेनान्टि सुट आउटमा ४-२ गोल अन्तरले हिलिहाङ पॉचथरलाई पराजित गर्दै क्वाटर फाइनल पुगेको हो ।निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरी भए पछि नतिजा पेनाल्टि सुट आउट मार्फत निकालिएको थियो । खेलको म्यान अफ दि म्याच मुनालका नाम्लाङ लिम्बु घोषित भए । प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद एक एक हजार प्राप्त गरे ।

मदन मेलाको तेस्रो दिन पुरुष तर्फका ४ र महिला तर्फको एक खेल हुनेछन । पहिलो खेल बिहान ७ बजे गिरी समाज खाम्लालुङ र आठराई गाउँपालिका ३ ह्वाकू बिच हुनेछ । १६ टिम सहभागी रहेको मदन मेमोरियल पुरुष फुटबल प्रतियोगिताको विजेताले  २  लाख ५  हजार ५५५  सहित ट्रफि मेडल र प्रमाणपत्र उपविजेताले १ लाख ३० हजार ५५५  सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।

६ टिम सहभागि रहेको खुल्ला महिला फुटबलको बिजेताले नगद  ८० हजार ५५५ सहित ट्रफि र उपविजेताले ५०  हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । मेलामा आठराई गाउँपालिका र मदन धारा समितिको आर्थिक सहयोग रहेको छ ।

Post Comments