
तेह्रथुमको आठराईमा जारी मदन मेला २०८२ को खुल्ला पुरूष फुटबल तर्फ तमु ह्योल छोजधी आठराई र खुल्ला महिला तर्फ फेदाप गाउँपालिका तेह्रथुम सेमिफाइनल प्रवेश गरेका छन ।
तमु ह्योल छोजधीले जिरिखिम्ति तेह्रथुमलाई १-० गोलले पराजित गर्दै सेमिफाइनल पुगेको हो। त्यस्तै महिला तर्फ फेदाप गाउँपालिकाले मेरिङदेन ताप्लेजुङलाई २-० ले पराजित गर्दै समेफाइनलमा स्थान पक्का गरेको हो ।
यस अघि सम्पन्न खेलहरूमा गिरी समाजले आठराई ३ ह्वाकूलाई ५-० गोलले, सोधुङ सेन्दाङले फोम्बो समाजलाई २-० गोलले,म्याङलुङ स्पोर्टिङ क्ल्बले बुढानिलकन्ठ लिलिबुङलाई पेनाल्टि सुटआउटमा ५-३ गोलले पराजित गर्दै क्वाटर फाइनल यात्रा तय गरेका छन। महिला तथा पुरूष तर्फका बॉकी क्वाटरफाइनल खेलहरू बैशाख ७ गते हुने खेल तालिका रहेको छ ।
१६ टिम सहभागी रहेको मदन मेमोरियल पुरुष फुटबल प्रतियोगिताको विजेताले २ लाख ५ हजार ५५५ सहित ट्रफि मेडल र प्रमाणपत्र उपविजेताले १ लाख ३० हजार ५५५ सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । ६ टिम सहभागि रहेको खुल्ला महिला फुटबलको बिजेताले नगद ८० हजार ५५५ सहित ट्रफि र उपविजेताले ५० हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । मेलामा आठराई गाउँपालिका र मदन धारा समितिको आर्थिक सहयोग रहेको छ ।