News तेस्रो सुन्दरहरेचा मेयर कपमा इटहरीको विजयी शुरुवात
गोलनेपाल

सुन्दरहरेचा । तेस्रो सुन्दरहरेचा मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा लेटाङ नगरपालिकालाइ सडनडेटमा ६:५ ले हराउदै इटहरी उपमहानगरपालिका सेमिफाइनलमा प्रबेस गरेको छ।

त्यसअघि भएको निर्धारित समयको खेलमा २स्२ को बराबरि भएको थियो । इटहरीका लागि जर्सि न १८ निवस फुयाल र अनिस राजधामिले एक एक गोल गरेका थिए भने उता पराजित टोलि लेटाङ नगरपालिकाको लागि जर्सि न १३ का सौजन तामाङ र नयन बेशम ले एक एक गोल गरेका थिए ।

निधारिक समय २–२ को नतिजा भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा पनि नतिजा नआएपछि खेल सडनडेथमा धकेलिएको थियो ।

खेलमा इटहरीका गोलरक्षक विवश चौधरी म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत आइतबारको खेल सुन्दरहरेचा नगरपालिका भर्सेस कानेपोखरि गाउँपालिकाको बिचमा हुनेछ ।

Post Comments