
हेटौडा । छैठौ स्थानीय तह सहिद स्मृती मकवापुर गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलन गर्दै जिल्ला फुटबल संघ मकवानपुरले आयव्यय विवरण सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा संघका कोषाध्यक्ष अमृत लुङबाले फुटबल प्रतियोगितामा आर्थिक रुपमा घाटा भएको जानकारी दिए । प्रतियोगिता आयोजना गर्न ९१ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ भने जम्मा ८९ लाख २४ हजार रुपैयाँ आम्दानी भएको विवरणमा उल्लेख गरिएको छ । प्रतियोगिताबाट २ लाख २४ हजार रुपैयाँ घाटा भएको कोषाध्यष लुङबाले बताए।
२०८० माघ १६ गतेदेखि २७ गतेसम्म भएको प्रतियोगिताको फाइनलमा एनआरटीलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधि जितेको थियो । पत्रकार सम्मेलनमा विगत ६ वर्षदेखि पुरुष तर्फ गोल्डकप गर्दै आएको संघले यसवर्ष देखि महिला गोल्डकप गर्ने जानकारी समेत गराइएको छ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा
- हेटौडा भेट्रान्स कपमा शुक्रबार चार खेलहरु सम्पन्न