काठमाडौ. । रोजगारीको सिलसिलामा साउदी अरेबियामा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित रियाद फुटबल क्लबको आयोजनामा चौथो रियाद कप फुटबल प्रतियोगिता हुने भएको छ ।
मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्व वकर ईदको अवसर पारी आयोजना हुन लागेको प्रतियोगिताको मिति पनि वकर ईद कै विदालाई हेरी घोषणा गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ हजार साउदी रियाल हात पार्नेछ भने उपविजेताले ३ हजार साउदी रियालसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष भेष गुरुङ्गले जानकारी दिए । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष गुरुङ्गले बताए ।
साउदीमा रहेका प्रवासी नेपाली दाजुभाईहरुबीच भाईचारा, आत्मियता र स्वस्थ मनोरञ्जनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक क्लब कै उपाध्यक्ष अमित सुनुवारले बताए । साथै प्रतियोगितालाई यसपटक पनि सभ्य र भव्य रुपमा सम्पन्न गर्ने योजना रहेको उपाध्यक्ष सुनुवारले सुनाए ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने